Home  
Janahit Voice

डोटीमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ जना घाइते

१९ कार्तिक २०८०, आईतवार

काठमाडौं- धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६ नम्बरको जीप शिखर नगरपालिका–६ को अण्यौलमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्

मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका–५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कविद्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकी आठ महिनाकी छोरी प्रार्थना रहेका छन् ।उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

आइतबार बिहान २ः१८ बजेको समयमा जीप दुर्घटना भएको थियो ।

दुर्घटनामा हिमाली गाउँपालिका–५ बस्ने ३० वर्षीया प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा २१ वर्षीया विमला मलाल र २१ वर्षकै राजबहादुर मलाल घाइते भएका छन् । घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *