Home  
Janahit Voice

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

२० कार्तिक २०८०, सोमबार

काठमाडौँ – चितवन  र दाङमा भएका छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । दाङको लमही नगरपालिका-८ सतबरियामा मुगुबाट काठमाडौँतर्फ जाँदै गरेको बा.३३ प ३६३४ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय भिनसेन थारूको आइतबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पताल हुँदै थप उपचारको लागि भेरी अस्पताल नेपालगन्ज बाँके रिफर गरिएको छ भने मोटरसाइकलमा सवार १ जना उपचार पश्चात् डिस्चार्ज भएका छन् ।

तेस्तै चितवनको भरतपुर महानगरपालिका-२९ जुगेडी पुल छेउमा बुटवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु.२ ख १७७८ नम्बरको बसको ढोकाबाट लडेर बसमा सवार पाल्पा अर्गेनी घर भएका २६ वर्षीय अशोक भट्टराईको सोमबार दिउँसो मृत्यु भएको छ ।

बसबाट लडेर गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *