Home  
Janahit Voice

पुन: सोमबार गएकोे भूकम्पबाट १३ जना घाइते

२१ कार्तिक २०८०, मंगलवार

रुकुम पश्चिम- पुन:सोमबार दिउँसो जाजरकोटको रामिडाँडामा गएकोे भूकम्पमा परेर रुकुम पश्चिममा सात र जाजरकोटमा ६ जना गरी १३ जना घाइते भएका छन् । यसैगरी, जाजरकोटमा तीनवटा घर भत्किएको  जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ।

दिउँसो ४ः३४ बजे जाजरकोटको रामिडाँडा भएर आएको ५.८ रेक्टरस्केलको भूकम्पले जिल्लाको आठबिसकोट नगरपालिकाका चारजना, चौरजहारी नगरपालिकाका दुईजना र सानीभेरी गाउँपालिकाका एकजना गरी सातजना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

आठविसकोट नगरपालिकाका प्रमुख नगर प्रमुख रबि केसीका अनुसार वडा नम्बर ११ का ३७ वर्षका बीरबहादुर बुढा, सुवासना आग्री, वडा नम्वर १२ निवासी २२ वर्षीय सुरज बिक र वडाका ५ वर्षीया ज्ञानिल बिक घाइते हुनुभएको छ । घाइते चारजनाको उद्धार गरेर अहिले राडिबजारस्थित नगर अस्पतालमा उपचारका लागि भर्ना गरिएको बताइएको छ।

त्यसैगरी, भूकम्पमा परेर घाइते चौरजहारी नगरपालिका ४ का १५ वर्षीया लक्ष्मी नेपाली र वडा नम्वर ७ का ३१ वर्षीय उदयराज कामीको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ ।

सानीभेरी गाउँपालिका ४ आमलाटाकुरा गाउँका घाइते एक जनाको सानीभेरी गाउँपालिका अस्पताल छोटे बगरमा उपचार भइरहेको स्थाछ । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यसअघि गत शुक्रबार जाजरकोटको रामिडाँडा नै भएर आएको ६.४ रेक्टरस्केलको भूकम्प आएको थियो । उक्त भूकम्पले रुकुम पश्चिममा मात्र ५२ जनाको मृत्यु भएको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *