Home  
Janahit Voice

पाल्पामा टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

२३ कार्तिक २०८०, बिहीबार

काठमाडौं- पाल्पाको निस्दी गाउँपालिका–७ मोटेखर्कमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन।

मृत्यु हुनेमा पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पा बस्ने १९ वर्षीया दिल कुमारी आले रहेकी छिन।

भुटुकेबाट चुनढुंगा बोकेर नवलपुरको होङ्सी सिमेन्ट उद्योगतर्फ गइरहेको लु २ ख ५२९ नम्बरको टिप्पर सडकको भित्तामा ठोक्किएको थियो । टिप्परबाट हामफाल्ने क्रममा दिलकुमारीलाई टिपरको पांग्राले किच्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

दुर्घटनामा निस्दी गाउँपालिका–७ बस्ने २५ वर्षीया हिमाली आले, चालक मकवानपुरको मनहरी गाउँपालिका ९ बस्ने २६ वर्षीय अन्जन सुनार र सहचालक मकवानपुरको हेटौंडा–९ बस्ने २४ वर्षीय आशिष सुनार घाइते भएका छन् ।

घाइतेहरुलाइ उपचारका लागि नवलपुरतर्फ पठाइएको पाल्पा प्रहरीले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *