Home  
Janahit Voice

काठमाडौंबाट दाङ जाँदै गरेको बस रुपन्देहीमा दुर्घटना हुँदा २० जना घाइते

१ मंसिर २०८०, शुक्रबार

काठमाडौं- काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुही भन्ने स्थानमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

बा.प्र.०३–००१ नम्बरको बस गएराति पौने १२ बजेतिर सडकबाट करिब ३\४ मिटर तल पल्टिएको थियो । बसमा सवार ३८ यात्रुहरुमध्ये २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

घाइतेहरुको उपचार देवदह मेडिकल कलेजमा भइरहेको छ । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। गम्भीर घाइते हुनेमा दाङको शान्तिनगर– ५ बस्ने २९ वर्षीय विरेन्द्र चौधरी, र सल्यानको कपुरकोट–५ बस्ने ४० वर्षीया रिखि साहु रहेका छन।

बस चालक प्युठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *