Home  
Janahit Voice

हेटौँडामा सालनालसहितको शिशु फेला

१ मंसिर २०८०, शुक्रबार

हेटौँडा- हेटौँडामा बिहीबार साँझ झाडीमा शालनालसहितको शिशु फेला परेको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ हुप्रचौर प्रदेश लोकसेवा आयोग कार्यालय नजिकैको झाडीमा नवजात शिशु (छोरी) फेला परेको हो ।

स्थानीयले नवजात शिशु रोएको सुनेपछि हेर्ने क्रममा शालनालसहितको शिशु भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शिशु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र स्थानीयले नवजात शिशुको उद्धार गरेर उपचारका लागि हेटौँडा अस्पताल पुराएका छन ।

नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने शिशुको शरीरको केही भागमा काँडाले कोतरिएको छ । बच्चा कसले फालेको भन्ने विषयमा खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *