Home  
Janahit Voice

अज्ञात समुहले सौराहामा काटि दियो हात्तीको सुँड

२२ चैत्र २०७९, बुधबार

 

चितवनको सौराहामा एक हात्तीको सुँड कटिएको छ। जानकारीमा आएअनुसार व्यवसायीले पालेको पोथी हात्तीको सुँड अज्ञात समुहले काटिदिएको बताइएको छ। हात्तीको नाम चञ्चली रहेको, सो हात्ती अन्दाजी ४५ वर्ष भएको र तेही हात्तीको सुँड काटिएको बताइएको छ।

ठुलो स्वरले हात्ती कराएपछि राति साढे ११ बजेतिर हेर्न जाँदा सुँड काटिएको अबस्थामा फेला परेको बताइएको छ। राति हात्ती कराएपछि माउतेले थाहा पाएर हात्ती भएको ठाउँमा पुगेर हेर्दा हात्तीको सुँड काटिएको देखेपछि ब्यवसायीलाइ फोन गरेको र फोन गरेको १५ मिनेटमै चिकित्सकलाइ लिएर त्यहाँ पुगेको जानकारीमा आएको छ।

हात्तीको सुँड कसले काटेको हो भन्ने कुरा कसैलाइ थाहा नभएको र त्यो हात्ती भएको ठाउँमा अरु नी २ वोटा हात्ती भएको, त्यो २ वटा हात्ती लाइ केही चोट नलागेको बताइएको छ। राष्ट्रिय निकुञ्जबाट आएको चिकित्सकको टोलीले हात्तीको उपचार गरेको छ। हात्तीले तेही सुँड प्रयोग गरी खाने गर्थ्यो तर अहिले भने माउतेले हातले खुवाउने गरेको बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *