Home  
Janahit Voice

पोखरामा करेन्ट लगाएर माछा मार्न खोज्दा दम्पतीकै मृत्यु

५ मंसिर २०८०, मंगलवार

काठमाडौं- पोखरामा करेन्ट लगाएर माछा मार्न खोज्दा दम्पतीको मृत्यु भएको छ ।

उनीहरूले पोखरा २९ पटनेरीमा खेतमा पानी लैजाने कुलोबाट करेन्ट लगाएर माछा मार्न खोजेका थिए । उक्त करेन्टले उनीहरूलाई नै घाइते बनायो ।

दुवै जनाको उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मुस्ताङको जोमसोम घर भएका ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीय सावित्री सुनार रहेका छन् ।

सोमबार अपराह्न ४ बजे उनीहरूलाई करेन्ट लागेको थियो ।करेन्ट लागेपछि उद्धार गरी अस्पताल पुर्‍याए पनि ५: २३ मा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *