Home  
Janahit Voice

दुर्गा प्रसाईंका समर्थकले काठमाडौँका विभिन्न स्थानमा गरे प्रदर्शन सुरु

७ मंसिर २०८०, बिहीबार

काठमाडौँ- आज बिहानैदेखि काठमाडौँका अलग–अलग स्थानमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूह र एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले फरक फरक स्थानमा प्रदर्शन गरिरहेका छन्।

युवा संघले तीनकुने र प्रसाईं समूहले बल्खुमा कार्यक्रम स्थल तोकेका छन्। मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन सुरु गरेका छन्।

एकअर्कालाई आरोप प्रत्यारोप गरिरहेका यी दुई समूहका समर्थकबीच झडप हुनसक्ने सम्भावनालाई विचार गरेर काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ।

युवा स‌ंघका कार्यकर्ता तीनकुनेमा भेला भइसकेका छन् भने दुर्गा प्रसाईं समूह पनि चाबहिलमा जम्मा भएका छन्। उनीहरू त्यहाँबाट बल्खुतर्फ आउने तरखरमा छन्।

काठमाडौंमा आज सुरक्षा व्यवस्था कडा बनाइएको सुरक्षा निकायहरूले बताएका छन्।

तीनकुने र बल्खु क्षेत्रसहित काठमाडौं उपत्यकाभित्र बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १० हजार हाराहारीमा प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ। तीनकुने र बल्खुमा हुने कार्यक्रममा ड्रोनबाट पनि निगरानी गर्ने प्रहरीको तयारी छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोली फिल्डमा खटिएका छन्। यस्तै नेपाली सेनालाई भने ब्याकअपको रूपमा राखिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *