Home  
Janahit Voice

गुल्मीमा सुन्तला अड्किएर बालकको मृत्‍यु

८ मंसिर २०८०, शुक्रबार

काठमाण्डौं- गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको छ।

जिल्लाको मालिका गाउँपालिका– ५ छापहिलेको छाप रांलाका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

मालिका गाउँपालिकाको छापरांला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आएकी थिइन्।

बिहीबार दिउँसो साढे १ बजे आमाछोरा घरको छतमा बसेर सुन्तला खाने क्रममा छोरा आयुषको घाँटीमा दुई केस्रा सुन्तला अड्किएको र सास फेर्न गाह्रो भएपछि शिशुलाई उपचारका लागि गुल्मी अस्पतालमा पुर्‍याइएको थियो। अस्पताल ल्याएको एक घण्टापछि उनलाई मृत घोषणा गरिएको थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *