Home  
Janahit Voice

महसुल नतिरेपछि काटियो मन्त्रालयकै लाइन

११ मंसिर २०८०, सोमबार

बुटवल- लुम्बिनी प्रदेशको स्वास्थ मन्त्रालयको विधुत लाइन महसुल नतिरेपछि काटिएको छ। दाङको राप्ति उपत्यका देउरीस्थित मन्त्रालयमा मंसिर ५ गते विधुत लाइन काटिएको प्रधिकरणको लनही शाखाले जनाएको छ। लाइन काटिएपछि मन्त्रालय ५ दिनदेखि विधुत विहीन हुनुका साथै मन्त्रालयको कामकाजसमेत प्रभावित भएको छ।

कार्यलय प्रमुख युवराज रावतका अनुसार बुटवलमा रहेको मन्त्रालयको नाममा जडान भएको विधुतको दुई लाख ७२ हजार २६४ रुपैयाँ महसुल भुक्तानी गर्न बाकी छ। देउखुरीमा रहेको मन्त्रालयको नाममा जडान विधुतको भने एक रुपिया पनि बक्यौता बाकी र्छैन। रकम भुक्तानी गर्ने विषयमा मन्त्रालय जिम्मेवार नभएपछी बाध्य भएर विधुत कटौती गर्नुपरेको रावतले बताए।

बुटवल कार्यलयबाट पटकपटक पत्राचार भएअनुसार हामीले यहाँबाट मन्त्रालयको विधुत काट्नुपर्‍यो उनले भने मन्त्रालयको नाममा जडान भएको विधुतको एक रुपियाँपनि बाँकी बक्यौता छैन। बुटबलको रकम नतिर्दा यहाँबाट बिजुली काट्नुपरेको हो।

बुटवलमा स्वास्थ मन्त्रालय बसेको कार्यलयमा भने गैरसरकारी संस्थाको कार्यलय छन। यता स्वास्थ मन्त्रालयका सचिब डा जनार्दन शर्माले बिना जानकारी विधुत काटिएको बताए। पत्र पठाएको २४ घण्टाभित्र बिधुत काटियो। पैसा नतिर्ने भन्ने हुन्न महसुल भुक्तानीको लागी काम हुदै छ,उनले भने ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *