Home  
Janahit Voice

तनहुँको घाँसीकुवामा रात्रि बस दुर्घटना हुँदा २ को मृत्यु, ३४ घाइते

१३ मंसिर २०८०, बुधबार

तनहुँ- आज बिहान ५ः५० बजे यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।

पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ घाँसी कुवा, चिसौदींमा धरानबाट पोखरा जाँदै गरेको ७८९५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृतक दुई मध्य एकजना धनकुटाको साँघुरी गढी बस्ने वर्ष ४५ को हस्त राई रहेका छन भने एकको पहिचान खुल्न बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ।

घाइतेहरुको दमौली स्थित रत्न हरी अस्पताल २२ जना र दमौली अस्पतालमा १२ जनाको उपचार भइरहेको छ । घाइते मध्ये रञ्जित परियारको थप उपचारको लागि पोखरा रिफर गरिसकिएको छ । दुर्घटनामा घाइतेको पुरा विवरण सङ्कलन भइरहेको प्रहरीले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *