आजदेखि पशुपतिनाथ क्षेत्रमा मासु तथा मदिरा बिक्री र सेवनमा राेक
काठमाडौं- आजदेखि एक साताका लागि पशुपतिनाथ मन्दिर क्षेत्रभित्र मासु, मदिरा तथा नशालु पदार्थ बेचविखन तथा सेवन गर्न निषेध गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक विज्ञप्ति जारी गर्दै बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै आजदेखि २७ गतेसम्म पशुपति क्षेत्रभित्र मासु, मदिरा तथा नशालु पदार्थ बेचविखन तथा सेवन गर्न निषेध गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क ( उमाकुण्ड गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिण भित्रका सबै भागमा यो नियम लागु हुने जनाएको छ ।
बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व)२०८० लाई मध्यनजर रा पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, साँस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्धेश्यले देहाएका चार किल्ला भित्र कसैले पनि सांस, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्न समेत नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३ं) बमोजिम आगामी मंसिर २१ गतेदेखि नै लागु हुने गरी पूर्ण रुपमा रोक लगाइएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।
कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने चेतावनी सूचनामार्फत दिइएको छ।