Home  
Janahit Voice

मन्त्री ज्वालाको गाडीमा आगजनी

१३ पुष २०८०, शुक्रबार

काठमाण्डौं- रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षामा सहभागी नगराएको भन्दै प्रदर्शनमा उत्रिएका युवाहरूको आन्दोलनका कारण ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रदर्शनकारी युवाले ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको गाडीमा आगो लगाइदिएका छन्। आगजनीबाट बा २ झ ५८६१ नम्बरको गाडी ध्वस्त बनेको छ भने मन्त्रीचाहिँ सुरक्षित छन् ।

प्रदर्शनकारीले इपिएस कार्यालयअगाडि तथा बालकुमारी सडकमा प्रदर्शन गरेका छन्। अहिले सडक अवरुद्ध हुनुका साथै बालकुमारी क्षेत्र तनावग्रस्त बनेकाे छ। बालकुमारी क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। रिङ रोडको बालकुमारी क्षेत्रमा सवारी साधन सञ्चालन हुन सकेको छैन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *