Home  
२ माघ २०८०, मंगलवार
घट्यो पेट्रोल-डिजेलको भाउ,खाना पकाउने ग्यासको भाउ यथावत
काठमाडौं- नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ २६ पैसा र डिजेलमा ८३ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ।
इन्डियन आयल कर्पोरेसनबाट आज मूल्य घटेर आएपछि निगमले नेपाली बजारमा पनि मूल्य घटाएको हो ।
मूल्य घटेपछि सोमबार राति १२ बजेदेखि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ कायम भएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५६ कायम भएको छ ।
त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६३.५० र डिजेलको मूल्य १५३.५० रुपैयाँ कायम भएको छ ।
सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ र डिजेलको मूल्य १५५ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यासको भाउ भने यथावत रहेको छ।