Home  
Janahit Voice

ललितपुर महानगर: यहि शैक्षिक सत्रदेखि नेपालभाषाको माध्यमवाट स्थानीय विषय पठनपाठन हुने।

२३ चैत्र २०७९, बिहीबार

ललितपुर महानगरपालिका (लमपा)को विद्यालयमा पनि नेपालभाषाको माध्यमबाट स्थानीय विषय पठनपाठन हुने भएको छ ।

आउँदो शैक्षिक सत्रदेखि लमपा अन्तर्गत रहेका सबै विद्यालयहरुमा नेपालभाषाको माध्यमबाट स्थानीय विषय पठनपाठन गराउन लागेको हो ।

उक्त बिषयहरु ललितपुर महानगर क्षेत्र भित्र सञ्चालित ४० सरकारी विद्यालय र करिब तिन सय निजी विद्यालयहरुमा पठनपाठन हुने छ ।
उक्त विद्यालयहरुमा लमपाले हालको लागि बालविकास तहदेखि कक्षा ३ सम्म यो पाठ्यपुस्तक पढाउन लागेको छ । त्यसपछि क्रमशः माथिल्लो कक्षाहरूमा पनि पढाउँदै जाने लमपाको योजना रहेको छ ।
उपप्राध्यापक तुलसीलाल सिंको संयोजकत्वमा बनाइएको पाठ्यपुस्तक निर्माण समितिले आवश्यक पाठ्यपुस्तक तयार गरि लमपाका मेयर चिरिबाबु महर्जनलाई हस्तान्तरण गरिसकेको छ ।

मेयर महर्जनले यही शैक्षिक सत्रदेखि ललितपुरका सरकारी र निजी सबै विद्यालयहरुमा यसको पठनपाठन गराउनेउक्त विद्यालयहरुमा लमपाले हालको लागि बालविकास तहदेखि कक्षा ३ सम्म यो पाठ्यपुस्तक पढाउन लागेको छ । त्यसपछि क्रमशः माथिल्लो कक्षाहरूमा पनि पढाउँदै जाने लमपाको योजना रहेको छ ।

लमपा वडा नं. ९ का अध्यक्ष एवं लमपाका प्रवक्ता, सामाजिक विकास विभाग संयोजक राजु महर्जनले तयार भइसकेको पाठ्यपुस्तक अब छिट्टै छपाइको लागि पठाउने बताए ।

नेपालमा संघीय व्यवस्था लागू भएपछि जारी भएको नयाँ संविधानले हरेक पालिकाहरुलाई आफू मातहतका विद्यालयहरुमा एक विषय आफैले पाठ्यक्रम तयार गरी पढाउन सक्ने अधिकार दिएको छ ।त्यही अधिकार प्रयोग गरी विभिन्न नगरपालिका र गाउँपालिकाहरूले आफैले पाठ्यक्रम तयार गरी लागू गर्दै आइरहेको छ ।

काठमाडौं महानगरपालिकाले गत दुई वर्ष अघि नेपालभाषाका माध्यमबाट स्थानीय विषयको पठनपाठन शुरु गरिसकेको छ ।

यस्तै कीर्तिपुर नगरपालिकाले भने गत वर्षदेखि शुरु गरेको हो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *