Home  
२४ माघ २०८०, बुधबार
आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौँ – आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको बताइएको छ ।
आजको बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ दफावार छलफलसहित पारित गर्ने कार्यसूची रहेको छ ।
तेस्तै बैठकमा दलीय आधारमा मन्तव्य राख्ने तथा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने दिनको जानकारी पनि गराउने विषय पनि संसद् क्यालेन्डरमा उल्लेख छ ।
आजको बैठकमा कांग्रेस नेता तथा पूर्व सांसद केशव कुमार बुढाथोकीको निधन भएकोले शोक प्रस्ताव पारित गर्ने कार्यसूची समेत रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
पूर्वमन्त्री बुढाथोकी २०६४ र २०७० को संविधान सभा सदस्य थिए। बुढाथोकीको सोमबार राति विराटनगर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो। उनको मंगलबार नै दाहसंस्कार गरिसकिएको छ।