Home  
२४ चैत्र २०७९, शुक्रबार
महानगरको डोजरलाइ गैरीगाउँ सुकुमबासी बस्तीका वासिन्दाले बाटो छेके
काठमाडौंको तीनकुने गैरीगाउँस्थित बागमती नदी किनारमा अव्यवस्थित बसोबासीले काठमाडौं महानगरपालिकाको टोलीको बाटो छेकेको छ ।
महानगरपालिकाको टोली डोजरसहित आउने जानकारी पाएपछि स्थानीय सुकुम्बासी बस्तीका वासिन्दाले सडकमा टायर र ढुंगा थुपारेर बाटो छेकेको हो ।महानगरपालिकाको टोलीले डोजर अगाडि बढाउन सकेको छैन । बानेश्वर बहुमुखी क्याम्पस नजिकै बागमती करिडोर सडकमा सुकुम्बासी बस्तीका युवासहितको ठूलो भिड जम्मा भएको छ ।
सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि खटिएको छ । महानगर प्रहरीले नदि किनारको अव्यवस्थित बस्ती हटाउन भन्दै सूचना निकालेकोमा गत शुक्रबार अदालतले तत्काल नभत्काउन आदेश दिएको थियो ।