Home  
Janahit Voice

अबतरणको बेला ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना

२६ चैत्र २०७९, आईतवार

ह्याम्स अस्पतालमा अवतरणका क्रममा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । शनिबार दिउँसो पौने २ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हेलिकप्टर अस्पतालको हेलिप्याडमा अवतरण गर्न लागेको थियो।

अवतरण गर्नेक्रममा पछाडिपट्टिको टुक्रा खसेर छिमेकीको घरको छतमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले जानकारी दिए।

उक्त हेलिकप्टर डाक्टर लिएर भरतपुर जान लागेको थियो। त्यसैबीच हेलिकप्टरको केही भाग झरेपछि अर्कै हेलिकप्टर पठाइएको छ।

‘दुर्घटना भएको होइन। ल्यान्ड गर्दाखेरी पुच्छरको एउटा भाग चाहिँ अर्काको घरमा खसेको भेटियो,’ क्षति भएको छैन।’
९एन–एजेडी कल साइनको हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरको पुच्छरको भाग ठोक्किएर दुर्घटना भएको थियो । घटनामा कोही पनि घाइते नभएको तर हेलिकप्टरको टेल रोटर भने भाँचिएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *