Home  
Janahit Voice

मेयर बालेन: पाठ्यपुस्तक र पोशाक किन्न बाध्य गर्नेलाइ कार्वाही गरिन्छ।

२६ चैत्र २०७९, आईतवार

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले विद्यालयबाट नै पोशाक र पाठ्यपुस्तक किन्न बाध्य पार्नेलाई कारवाही गरिने बताएका छन्। महानगरपालिकाले सो विषयमा जारी गरेको विज्ञप्ति सामाजिक सञ्जालमा सेयर गर्दै मेयर बालेनले सो कुरा बताएका हुन्।

उनले सम्पूर्ण विद्यालयलाई निर्देशिका अनुसार चल्न आग्रह गरेका छन्। महानगरपालिकाको शिक्षा विभागले जारी गरेको विज्ञप्तिमा निर्देशनअनुसार नचले कारवाही गरिने पनि बताइएको छ।

‘विद्यालय आफैँले किताब बेच्ने गरेको र पोशाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक पटक आइरहेकाले विद्यालयको सो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ,’ उनले लेखेका छन्।

उनले सम्पूर्ण विद्यालयलाई निर्देशिका अनुसार चल्न आग्रह गरेका छन्। महानगरपालिकाको शिक्षा विभागले जारी गरेको विज्ञप्तिमा निर्देशनअनुसार नचले कारवाही गरिने पनि बताइएको छ।

‘यदि नियम उल्लघन भए गरेको पाइएमा कानुन बमोजिम आवश्यक कारवाही गरिने र सो को जवाफदेही सम्बन्धित प्रिन्सिपल नै हुनुपर्ने व्यहोरा समेत जानकारी गराइन्छ ‘, विज्ञप्तिमा उल्लेख छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *