Home  
Janahit Voice

नेपालको भियतनाम विरुद्द सुधारिएको प्रदर्सन

२६ चैत्र २०७९, आईतवार

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको समूह सीअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल भियतनामसँग २-० गोलअन्तरले पराजित भएपछि ओलम्पिक छनोटको पहिलो चरणबाटै बाहिरिएको हो ।

यस जितसँगै भियतनाम भने समूह सीबाट ओलम्पिकको एसियाली छनोटको दोस्रो चरणमा प्रवेश गर्न सफल भयो ।

यसअघि बुधबार भएको पहिलो खेलमा भियतनामले नेपाललाई ५–१ गोलअन्तरले पराजित गरेको थियो ।

पहिलो खेलभन्दा निकै नै सुधारिएको प्रदर्शन गरेको नेपालले खेलको छैटौँ र सातौँ मिनेटलाई जोगाउन नसक्दा प्रतियोगितामा हार बेहोर्न बाध्य बन्यो।

खेलमा भियतानमले खेलको पहिलो हाफमा नै दुई गोल गर्‍यो। भियतनामका लागि दुबै गोल फाम हाइ यनले गरिन। उनले खेलको छैटौँ मिनेटमा गुएँ थि माइ आङको कर्नरमा गोल गरेकी हुन्।

त्यसको एक मिनेट पनि बित्न नपाउँदै भियतनामले अग्रता दोब्बर बनायो । खेलको सातौँ मिनेटमा फामले व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीको अग्रता पनि दोब्बर बनाइन। उनले ट्रान थि थु थाओको लामो पासलाई सदुपयोग गर्दै गोल गरेकी हुन ।

त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र भियतनामले नेपालमाथि २–० को सहज जित निकाल्यो। समूह सिमा रहेको अफगानिस्तान र प्यालेस्टाइनले खेल नखेल्ने भन्दै नाम फिर्ता लिएपछि नेपाल र भियतनामले मात्र समूह सीबाट प्रतिस्पर्धा गरेका हुन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *