Home  
Janahit Voice

ऎतिहासिक महत्व बोकेको राष्ट्रिय फेन्सिङ खेल धनगढीमा शुरु

३० चैत्र २०७९, बिहीबार

चैत३०,२०७९ काठमाण्डौ
धनगढीमा पहिलो राष्ट्रिय फेन्सिङ प्रतियोगिता शुरु भएको छ। प्रतियोगिताको उदघाटन मुख्यमन्त्री कमल बहादुर शाहले गरेका हुन। बुधबार धनगढी रंगशालामा कैलाली जिल्ला फेन्सिङ संघको आयोजनामा शुरु भएको प्रतियोगितामा बाग्मती, कोशी, गण्डकी र सुदुर पश्चिमका गरी ४ प्रदेशका खेलाडीहरुले सहभागीता जनाएका छन।

यो प्रतियोगीतामा विभागीय टिम सशस्त्र प्रहरी पनि सहभागी छ। इपिमा २० बर्ष मुनि उमेरका पुरुष महिला दुबै विधामा खेल भैरहेको छ। स्नेवरमा खुल्ला र महिला गरी जम्मा ७७ जना खेलाडी बिच प्रतिस्पर्धा भैरहेको छ।

यो खेललाइ तरबार बाजी खेल पनि भनेर चिनिन्छ। यो एक पुरानो खेल हो । सन १८९६ मा एन्थेसमा भएको पहीलो ओलम्पीक खेलमा समावेश ५ मध्य फेन्सिङ पनि एक थियो ।

सुदुरपश्चिमका खेलाडीले फेन्सिङमा ८ औ राष्ट्रिय खेलकुदमा र प्रथम वीर गणेशमानसिंह राष्ट्रिय च्याम्पियन सिपमा कास्य पदक जितेका थिए। ९औ राष्ट्रिय खेलकुदप्रतियोगितामा १ स्वर्ण २ कास्य पदक जितेका थिए। केहि दिन अगाडी पोखरामा सम्पन्न इपि बिधामा सुपका खेलाडीले जुनियर खेलमा १ रजत र १ कास्य जितेका थिए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *