Home  
Janahit Voice

रबिका गाडी चालक ३ तलाबाट खसे टाउको र खुट्टामा गम्भिर चोट

४ बैशाख २०८०, सोमबार

राश्ट्रिय स्वतन्त्रपार्टीका सभापति रवि लामिछानेका सवारी चालक चितवनको भरतपूर स्थित एक घरको तिन तला माथिबाट खसेको अबस्थामा भेटिएका छन।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भएका ३९ वर्षिय शम्भु भन्ने दिलबहदुर थापा आज विहान ४ बजे घरको छतबाट तल भुइमा खसेर गम्भिर अबस्थामा भेटिएका छन।
दिल्बहदुर(शम्भु) थापा रास्वपाका माहामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै राती छतमा सुतेका थिए।

गम्भिर घाइते भएका थापाको खुट्टा र टाउकोमा चोट लागेको छ। उनको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको जनाइएको छ। अहिले टाउकाको अप्रेसनका लागि अप्रेसन कक्षमा लगिएको बताएको छ ।

थापा आइतबार रवि लामिछानेलाइ लिएर तनहुँको दमौली पुगेका थिए ,भने(आज) सोमबार बारा जाने कार्यक्रम रहेको थियो । भरतपुरका बिभिन्न स्थानमा विहान घरदैलो कार्यक्रम पनि रहेको थियो। थप घटनाको विषयमा आवश्यक अनुसन्धान भईरहेको जनाइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *