Home  
Janahit Voice

सामुदायिक विद्यालयको पहिलो प्रयासमा जैविक फोहोर व्यबस्थापनको लागि कम्पोष्टिङ सुरु

४ बैशाख २०८०, सोमबार

बैसाख ४,२०८०,काठमाण्डौ
आजदेखि स्वयम्भूमा रहेको गीतामाता माध्यामिक विद्यालयबाट उत्पादन भएको जैविक फोहोर व्यवस्थापनका लागि कम्पोष्टिङ सुरु गरिएको छ। काठमाण्डौ महानगरपालिकाको वाताबरण ब्यबस्थापन विभागले फोहोरलाइ स्रोतमा वर्गिकरण गर्ने र जैविक फोहोरलाइ उत्पादन भएकै ठाउँमा व्यवस्थापन गर्ने कार्यक्रमको प्रवर्धन गर्दै एक कार्यक्रम विच कम्पोष्टिङ सुरु गरेको हो। सामुदायिक विद्यालयमा यो पहिलो प्रयास हो।

करिब ३ हजार विद्यार्थी अध्यनरत रहेको विद्यालयमा उनिहरुले खाना तथा खाँजा खादा उत्पादन भएको फोहोर व्यवस्थापन गर्ने उदेश्यले यो काम गर्न थालिएको हो। सहरमा आवाजबाट हुने फोहोरबाट हुने पानीमा हुने माटोमा हुने हावामा हुने सबै खालको प्रदुषणको समस्या छ। यी सबै खालका समस्या समाधान गर्न समाजमा बस्ने हरेक ब्यक्तिले समान जिम्मेवारि पुरा गर्नुपर्छ। नेत्रित्व गर्ने, आपसी समन्वय गर्ने, आबस्यकताका आधारमा स्रोत र सामाग्री प्रबिधि उपलब्ध गराउने काम महानगरपालिकाले गर्छ।

काठमाण्डौ महानगरपालिकाको जिम्मेवारीसग जोडिएको घरेलु फोहोरको दिगो ब्यबस्थापनमा नतिजा ल्याउनु अहिलेका लागि मुख्य काम हो। जैबिक फोहोरलाइ घरमै व्यवस्थापन गर्नमा सबैबाट सहयोग भए महानगरपालिकाको ठुलो खर्च जोगिने अनुमान लगाउन सकिन्छ।

फोहोर ब्यबस्थापन गर्ने काम हेर्दा सानो देखियतापनि मानब सभ्यता र वातावारणको लागि ठुलो योगदान दिने भित्र पर्दछ। यसलाइ सबैले महानगरले गर्ने काम भनेर पन्छाउने गरेका छन। यसो गरेर समस्या समाधान हुदैन। महानगरले फोहोर ब्यबस्थापन गर्नु मात्र भन्दैन आबस्यक परेको सहयोग पनि उपलब्ध गराउछ।

१ हजारभन्दा धेरै विद्यार्थी भएका विद्यालयबाट उत्पादन भएको फोहोर व्यवस्थापनका लागि कतै कम्पोष्टिङ् राख्ने, कतै गड््यौले मल बनाउने, कतै अन्य प्रविधि राख्ने योजना बनाएको छ ।

शिक्षा विभागकामहानगरले परिवारका लागि १ सय लिटर क्षमताको र धेरै व्यक्तिबाट फोहोर उत्पादन हुने भए २ हजार लिटरको सामुदायिक कम्पोष्टिङ् बिनको प्रयोग प्रबर्धन गरिरहेको छ । गएको माघ २४ गते वडा ४ को शंखपार्कमा २ हजार लिटरको एउटा बिन राखिएको छ । यसपछि माघकै २९ गते बालाजु उद्यान परिसरका २ ठाउँमा २÷२ हजार लिटरका २ वटा बिन राखिएका छन् ।

गएको फागुन १२ गतेदेखि बानेश्वर क्षेत्रबाट छुट््याइएको जैविक फोहोर ल्याएर बायो ग्याँस प्लान्टमा प्रयोग गर्न थालिएको छ ।रत्नपार्कमा गएको ७ बर्षदेखि बिन प्रयोगमा छ । यसबाट बार्षिक ८ सय किलोग्राम मल उत्पादन भइरहेको छ ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *